सोमबार, कार्तिक ४, २०७६
    आर्थिक खबर

    सरकारले सञ्चालन गर्यो सुति कपडाको सहुलियत पसल, कुनको मूल्य कति ?

    बुधबार, ८ असोज २०७६, आहाखबर

    काठमाडौँ, ८ असोज  

    केन्द्रीय कारागार कारखानाद्वारा सुति कपडाको सहुलियत पसल सञ्चालनमा ल्याइएको छ । कारागारमा रहेका कैदीले बुनेका कपडाहरू पसलमा राखिएको कारागार प्रमुख रामहरि ढुङ्गेलले जानकारी दिए । उनका अनुसार १० वर्षभन्दा बढी समयसम्म कैद भएर बसेका कैदीले कपडा बुन्ने कामगर्दै आएका छन् । उनीहरूलाई काम गरेका आधारमा ज्याला दिइने गरेको छ ।

    कारागारमा पुजिँ परिचालन कोष सञ्चालन गरिएको छ । सोही कोषमा कपडा बेचेको पैसा जम्मा गरेर आवश्यक खर्च गरिदैँ आएको उनले जानकारी दिए ।

    त्रिपुरेश्वर स्थित उद्योग विभागको परिसरमा रहको एउटा भवनमा सुति कपडाको सहुलियत पसल खोलिएको छ । भवन बन्नुभन्दा पहिले कारखानाबाट नै बिक्री वितरण गरिने गरेको उनले जानकारी दिए । बिहीबार उक्त पसलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादबले गरेका छन् ।

    यस्तो छ कारागारबाट तयार गरिने कपडा र मूल्य 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast