बुधबार, कार्तिक ६, २०७६
    बैंक-बीमा

    आयाे सय रुपैयाँको नयाँ नाेटमा बुद्ध नेपालमा जन्मिएकाे म्यासेज

    बुधबार, ८ असोज २०७६, आहाखबर

    काठमाडाैं, ८ असाेज ।

    नेपाली रूपैयाँ १ सयकाे नयाँ नाेट चलनचल्तीमा आएकाे छ । नेपाल राष्ट्र बैँकले मंगलबारदेखि  सय रुपैयाँको नयाँ नोट चल्तीमा ल्याएको हाे ।

    बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ ।

    सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।यस्ता छन् नयाँ नोटका विशेषता :

    - बायाँतर्फ सगरमाथाको चित्र रहेको

    - मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा

    - अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध

    - अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरुलाई नोट पहिचानका लागि छामेर थापा पाउने कालो  थोप्ला रहेको 

    - अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र

    - दायाँतर्फ लालिगुराँसको पानीछाप

    - नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने

    - नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast