सोमबार, कार्तिक ४, २०७६
    ब्राण्ड/संगठन

    सार्क चम्बर महिला उद्यमी परिषद्मा नयाँ नेतृत्व चयन

    बुधबार, ८ असोज २०७६, आहाखबर

    कठमाडौं, ८ असोज । 

    सार्क चम्बर महिला उद्यमी परिषद 'एससीडब्लुईसी' ले मंगलबार नयाँ नेतृत्व चयन गरेको छ । राजधानिमा आयोजित एक कार्यक्रमकाबीच एससीडब्लुईसीले नयाँ कार्य समिति चयन गरेके हो।

    उपाध्यक्ष सरोजनी शेरचनको नेतृत्वमा १० सदश्यि कार्यसमिती गठन भएको थियाे । उक्त समितीमा रेनु बज्राचार्य, अलिशाश्रेष्ठ, बसन्ती मिश्र प्रधान, हेमकुमारी अधिकारी, जुलिया चित्रकार, लुना श्रेष्ठ ठाकुर, निता पौडेल अधिकारी, सोनी जोशी र सुनिता बैध श्रेष्ठ समावेश छन।

    कार्यक्रममा बोल्दै उपाध्यक्ष शेरचनले, आफनो नेतृत्वले एस्सीडब्लुईसीलाई अझै सुदृढ बनाउदै लैजाने बताइन् । उनले यस संस्थाले भविष्यमा आउदो नोभेम्बरमा वायोडेगे्रडेबल स्यानिटरी न्यापकिन उत्पादनका लागी अर्थ संकलनगर्ने र टिच गर्ल टु कोड नामक परियोजना संचालनगरि सुचनाप्रबिधि क्षेत्रमामहिला सहभागिता बढाउने योजना बनाएको बताइन् । 

    उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघंकी अध्यक्ष भवानी राणाले दक्षिण एसियाकका महिला उधमीले संयुक्त रुपमा प्राकृतिक फाईवर जस्ता स्रतहरुको प्रयोग गरि विभिन्न वस्तुको उत्पादन गरि त्यसलाई आन्तरिक क्षेत्रमा बजारिकरण गर्नुपर्ने कुरामा जोड दिदैे यस्ता क्रियाकलापले महिलाको सामाजिक आर्थिक स्थितिमा  टेवापुग्ने बताइन्।

    साथै एस्सीडब्लुईसीकि निवर्तमान उपाध्यक्ष रिता भण्डारीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिइन् र शिक्षा, प्रशिक्षण र संसाधन सम्बन्धी कार्यक्रमहरुलाई अघि बढाउँदै लैजान सकिने बताइन् ।

    नेपालउद्योग वाणिज्य महासंघ अन्र्तगतकार्य गरिरहेको एस्सीडब्लुईसीले नेपालमा महिला उद्यमीहरुको सीप र दक्षतालाई अभिवृद्धि गरि राष्ट्रको सामाजिक आर्थिक क्रियाकलापमा योगदान गर्ने लक्ष्य राखेको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast