बुधबार, कार्तिक ६, २०७६
    बैंक-बीमा

    ५ वटा ऐच्छिक सुविधा

    रिलायबल नेपाल लाइफको “रिलायबल समुन्नति जीवन बीमा योजना” सार्वजनिक

    बुधबार, ८ असोज २०७६, आहाखबर

    काठमाडौं, ८ असोज । 

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको दोश्रो बर्ष पुरा गरी तेश्रो बर्ष प्रवेश गरेको अवसर पारेर आवधिक धनफिर्ता योजना अन्र्तगत “रिलायबल समुत्रति जीवन बीमा योजना” प्रचलनमा ल्याएको छ । 

    यस योजना अन्तर्गत बीमितले आफ्नो ईच्छा अनुसार बार्षिक अथवा प्रत्येक ४ बर्षमा बीमाङ्कको तोकिएको प्रतिशतले हुने अग्रिम भुक्तानी रकम प्राप्त गर्न सक्नेछन् । त्यस्तै यदि सो अवधिभित्र अर्थात बीमा समाप्ति हुने मिति अगावै बीमितको मृत्यु भएमा अग्रिम बीमाङ्क भुक्तानी रकम कट्टा नगरीकनै पुरा बीमाङ्क र नियमानुसारको बोनस बराबर रकम भुक्तानी दिइने पनि कम्पनीले जनाएको छ । 

    त्यसैगरी बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बाँकी बीमाङ्क (यदि भएमा) र नियमानुसारको बोनस रकम बीमितलाइ भुक्तानी दिइने जनाइएको छ । यस योजना अन्र्तगत ५ वटा ऐच्छिक सुबिधाहरु– क) बीमाशुल्क छुट सुबिधा, ख) स्थाइ पुर्ण अशक्तता सुबिधा, ग) दुर्घटना मृत्युलाभ, घ) घातक रोग सुविधा तथा ङ) अस्पताल नगद सुबिधा समेत थप गरि लिन सकिने बताइएको छ । 

    यस योजनाका साथै कम्पनीले यसअघि नै म्यादी, सावधिक र आजीवन बीमा अन्तर्गत विभिन्न आकर्षक योजनाहरु प्रचलनमा ल्याईसकेको छ । कम्पनीको हालसम्म ९२ वटा शाखा तथा उपशाखाहरु संचालनमा आईसकेको भने निकट भविष्यमा ७७ वटै जिल्लामा कार्यालयहरु संचालनमा ल्याउने योजना छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast