बुधबार, कार्तिक ६, २०७६
    विज्ञान/प्रविधि

    पेलेस एप : कम मूल्यमा सामान किन्ने अवसरका साथै उपहार पनि

    बुधबार, ८ असोज २०७६, आहाखबर

    काठमाडौँ, ८ असोज 

    पेलेस एपले असोज ३० गतेदेखि लक्की ड्र मार्फत  ५० हजार रुपैयाँ क्यास ब्याकदेखि विभिन्न उपहार दिने योजना ल्याएको छ ।

    कम्पनीका अनुसार पहिलोले ५० हजार रुपैयाँ नगद पाउनेछन् । दुईजनाले २५/२५ सय रुपैयाँको रेष्टुरेण्ट भौचर पाउने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार  २ जनाले २५/२५ सय रुपैयाँको जीपलाईनको टिकट पाउनेछन् । एक जनाले ५ हजार बराबरको कपडा पाउनेछ भने १४ जनाले ५/५ सय बरारबरको रिचार्ज पाउनेछन् ।

    यो पेलेसका सदस्यहरुका लागि मात्र लागु हुनेछ । सदस्य बन्नका लागि प्ले स्टोरमा गएर पेलेसको एप डाउनलोड गर्नुपर्नेछ । एपमा गएर ९९ सय  रुपैयाँ तिरेर सदस्य बन्नुपर्छ ।

    ९९ सय रुपैयाँ तिरेपछि एउटा क्यूआर कोड जेनेरेट हुन्छ । उक्त क्यूआर कोड देखाएर राजधानीका ५ सय भन्दा बढी आउटलेटमा बर्षभरि छुट पाईने पेलेसका कार्यकारी निर्देशक रोशन राईले जानकारी दिए ।

    उनका अनुसार ‍रेष्टुरेण्ट, सपिङ महल,कपडा पसल, रिफ्रेसमेन्ट सेन्टर,स्पा लगायतका विभिन्न ठाउँबाट छुटको लाभ लिन सकिनेछ । 

    कम्पनीका अनुसार ७ देखि  ३० प्रतिशतसम्म छुट पाईनेछ। जीवन बिमा गर्दा समेत छुट पाईने पेलेसले जनाएको छ। पेलेस एप प्रयोग गरेर इसेवाबाट गर्नेले मात्रै छुट पाउने उनले बताए । कार्यकारी निर्देशक राईका अनुसार पेलेसले आफ्ना सदस्यहरुलाई बार्षिक पाँच हजार बचतको ग्यारेण्टी समेत गरेको छ । 

    कम्पनीले पचास हजार खर्च गर्दा ५ हजार सदस्यलाई क्यास ब्याक दिनेछ।कम्पनीले गरेको अध्ययन अनुसार काठमाडौमा प्रतिव्यक्ति सपिङ,रेष्टुरेण्ट,रिफ्रेसमेन्ट लगायतको बाहिर खर्च वार्षिक ५० हजार रुपैयाँ छ । राईका अनुसार अहिले ५ सय भन्दा बढीले यो एप प्रयोग गरिरहेका छन् दुई बर्षमा एक लाख प्रयोग कर्ता पुर्याउने उनले बताए । पोखरा र चितवनमा समेत सेवा विस्तार गर्ने योजना रहेको उनले बताए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast