बुधबार, कार्तिक ६, २०७६
    मुभी-थिएटर

    हलमा सुपरहिट बनेकाे 'छक्कापञ्जा २'लाई युट्युबमा दर्शकले किन गरे गाली ?

    बुधबार, ८ असोज २०७६, आहाखबर

    काठमाडौं, ८ असाेज । 

    नेपाली चलचित्र 'छक्कापञ्जा २' युट्युबमा रिलिज भएकाे छ । दिपकराज गिरी र दिपा श्रि निराैलाकाे फिल्म 'छक्कापञ्जा २' मंगलवार युट्युबमा रिलिज गरिएको हाे । 

    हलमा निकै रूचाइएकाे फिल्म बक्स अफिसमा पनि सफल सावित भएकाे थियाे । तर, 'छक्कापञ्जा २' लाई दर्शकले युट्युबमा मन पराएका छैनन् । 

    फिल्मले युट्युबमा गालीको ओइरो पाएको छ । फिल्मलाई लिएर अधिकांशले बकवास भनेर प्रतिक्रिया दिएका छन् । 

    रिलिज भएको लामो समयसम्म पनि फिल्म युट्युबमा अपलोड नगरेको भन्दै दीपकराज गिरीमाथि दर्शकहरू रुस्ट बनेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast