बुधबार, कार्तिक ६, २०७६
    बैंक-बीमा

    ह्याकरले फेरी लुटे कृषि विकास बैंककाे ३ करोड, काे-काे परे पक्राउ ?

    बुधबार, ८ असोज २०७६, आहाखबर

    काठमाडौँ, ८ असोज ।

    कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

    गएराति उनीहरुलाई काठमाडौँसहित देशका विभिन्न भागबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

    एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिए।

    पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ लगायत रहेका छन् । विदेशी ह्याकरको योजनामा उनीहरुले नेपालमा बसेर काम गरेको जनाइएको छ ।

    कृषि विकास बैंकको विभिन्न शाखामात्र ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीले जनाएको छ । तर, कसरी निकालियो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन।

    प्रहरी स्रोतकाअनुसार ट्रान्सफर भएको रकम निकाल्ने ९ जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast