बुधबार, कार्तिक ६, २०७६
    बैंक-बीमा

    चालू आवको पहिलो महिनामै पौने खर्ब विप्रेषण भित्रियो

    मंगलवार, ७ असोज २०७६, आहाखबर
    काठमाडौँ, ७ असोज
     
    चालू आर्थिक वर्षको पहिलो महीनामा विप्रेषण आप्रवाह रु ७५ अर्ब ४० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक प्रतिवेदनमा विप्रेषण आप्रवाह दुई प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । 
     
    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ प्राप्ति ०.२ प्रतिशतले वृद्धि भई रु ८४ अर्ब ९३ करोड पुगेको छ । 
     
    अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो प्राप्ति ३५.३ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो सङ्ख्या ३०.८ प्रतिशतले घटेको थियो । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast