शुक्रबार, मंसिर २७, २०७६
    बैंक-बीमा

    अब सयको नोटमा बुद्धको तस्बिर

    मंगलवार, ७ असोज २०७६, आहाखबर

    काठमाडौँ, ७ असोज

    नेपाल राष्ट्र बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशता सहित सयको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ । 

    नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा,अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ ।

    सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ। यस्तै नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने नोटको मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा रहेको छ ।

    नोटमा अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द वर्थ प्लेस अफ लर्ड बुद्ध समेत लेखिएको छ भने अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरुलाई नोट पहिचानका लागि छामेर थापा पाउने कालो थोप्ला राखिएको छ ।

    त्यतिमात्रै होइन अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र, दायाँतर्फ लालिगुराँसको पानीछाप राखिएको छ । नोटलाई झट्ट हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र राखिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast