सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

    मंगलवार, ७ असोज २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौँ, ७ असोज ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उहाँको सुस्वास्थ्य र  दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले मंगलबार ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गर्नुभएको हो । “नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्”, प्रधानमन्त्रीले गर्नुभएको ट्वीटमा उल्लेख छ । हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast