शुक्रबार, मंसिर २७, २०७६
    लाइफस्टाइल

    नियमित रुपमा 'ओखर' खानाले डिप्रेसनबाट पाईन्छ मुक्ति

    सोमबार, ६ असोज २०७६, आहाखबर

    एजेन्सी, ६ असोज

    अमेरिकामा भएकाे एक अध्ययनले ओखर खाँदा हुने धेरै फाइदाहरु पत्ता लगाएकाे छ । ओखर खानाले समस्याहरुबाट छुट्कारा पाइने मात्र होइन, एकाग्रताकाे स्तर पनि निकै सुधार हुने त्याे अध्ययनले निष्कर्ष निकालेकाे छ । न्युट्रेन्ट जर्नलमा छापिएअनुसार नियमित रुपमा ओखर खानाले डिप्रेसनबाट हुने समस्याबाट पनि मुक्ति पाइन्छ ।

    नियमित ओखर खानेहरुलाई डिप्रेसन हुने सम्भावना २६ प्रतिशतले कमी हुने त्याे जर्नलमा जनाइएकाे छ ।

    अध्ययनका अनुसार ओखरले शरीरमा उर्जामा वृद्धि मात्र गर्दैन, यसले एकाग्रताकाे स्तर पनि निकै बढाउँछ । एक विश्वविद्यालयका शाेधार्थीले याे अध्ययनका लागि ६ सय मानिसहरुलाई सहभागि गराएका थिए । यसअघि मुटु राेगसँग सम्बन्धित रहेर पनि ओखरबारे शाेध गरिएकाे थियाे । यसपटक डिप्रेसनकाे विषयमा केन्द्रित रहेर गरिएकाे शाेधले पनि राम्राे नतिजा निकालेकाे छ ।

    यतिमात्र हाेइन ओखर खाँदा दम हुने समस्यामा पनि कमी आउने अध्ययनले जनाएकाे छ । ओखरमा हुने भिटामिन ई का कारण अन्य राेगहरुबाट पनि यसले टाढा राख्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast