बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    के बिग बोस १३ मा सहभागी हुँदैछिन् अमिषा पटेल ?

    सोमबार, ६ असोज २०७६, आहाखबर

    एजेन्सी, ६ असोज

    भारतीय टिभीमा सबैभन्दा चल्ने कार्यक्रममध्ये एक हो, बिग बोस । बिग बोसको १३ औं सिजनको अब विस्तारै कुरा हुन थालेको छ । कुरा हुन थालेको मात्र होइन, यसको त उल्टो गन्ती सुरु भएको छ भन्न पनि सकिन्छ । २९ सेप्टेम्बरबाट सुरु हुने बिग बोस यसपटक पनि अभिनेता सलमान खानले होस्ट गर्दैछन् ।

    यस विषयमा जानकारी दिन कलर्स च्यानलले एउटा प्रेस कन्फ्रेन्स गरेको पनि थियो । कन्फ्रेन्समा सलमान खानले मात्र होइन, पूर्व बिग बोस प्रतियोगी सना खान, पूजा बनर्जीले पनि भाग लिएका थिए । र, सँगसँगै थिइन् अमिषा पटेल ।

    अमिषा पटेल पनि प्रेस कन्फ्रेन्समा देखिएपछि अब भारतमा के अनुमान गर्न थालिएको छ भने उनी पनि बिग बोस १३ मा सहभागी हुँदैछिन् । तर, प्रतियोगी बनेर होइन, सलमानसँगै कार्यक्रम होस्ट गरेर । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast