बुधबार, कार्तिक ६, २०७६
    शेयर बजार

    नेपाल स्टक एक्सचेन्जले गर्‍याे ब्रोकर नम्बर १८ लाई निलम्बन

    सोमबार, ६ असोज २०७६, आहाखबर

    काठमाडौं, ६ असाेज ।

    सगरमाथा सेक्युरिटिज प्रालि 'ब्रोकर नम्बर १८' निलम्बनमा परेकाे छ । धितोपत्र दलाल व्यवसायीको काम गर्दै आएको 'ब्रोकर नम्बर १८' लाई नेपाल स्टक एक्सचेन्जले निलम्बन गरेको हाे।

    नेप्सेका अनुसार उक्त दलाल कम्पनीलाई १ दिनका लागि सदस्यता निलम्बन गरिएको हो।नेप्सेको निलम्बनपछि सगरमाथा सेक्युरिटिजले असोज ७ गते मंगलबार धितोपत्रको कारोबार गर्न पाउने छैन।

    धितोपत्र बजारको सदस्यता तथा कारोबार नियमावली २०५५ को व्यवस्था विपरीत कार्य गरेका कारण सदस्यता निलम्बन गरेको नेप्सेले जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast