बुधबार, कार्तिक ६, २०७६
    मुभी-थिएटर

    ३ दिनमै ‘कबड्डी ३’ को ४ करोड भन्दा बढी ग्रस कलेक्सन

    सोमबार, ६ असोज २०७६, आहाखबर

    काठमाडाैं, ६ असोज

    रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार संगै पहिलो विकेन्डमा ४ करोड ३२ लाखको ग्रस कलेक्सन गरेको छ ।

    दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म हेर्न लामो समयपछि फिल्म हलमा दर्शकको भीड लागेको हो ।

    चलचित्रले मल्टिप्लेक्स र सिंगल थिएटरमा आइतबार पनि उत्साहजनक व्यापार गरेको छ । वितरक कम्पनी स्टेशन फाइभका अनुसार यो फिल्मले दुई दिनमा ३ करोड २५ लाख रुपैयाँ कमाइ गरेको थियो भने आइतबार मात्र १ करोड ७ लाखको व्यापार गरेको हो ।

    समीक्षात्मक रुपमा समेत राम्रो प्रतिक्रिया पाएको ‘कबड्डी ३’ कमेडी जानरामा निर्माण भएको हो । चलचित्रको स्किृप्ट निर्देशक रामबाबु गुरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । यसअघि यसका दुई सिक्वेल सुपरहिट भइसकेका छन् । निर्देशक गुरुङले यसको अन्तिम तथा चौथो सिक्वेल पनि बन्ने बताएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast