मंगलवार, मंसिर २४, २०७६
    ब्राण्ड/संगठन

    एलजीको स्मार्ट टिभी किन्दा प्रभु टिभी एप सित्तैमा

    सोमबार, ६ असोज २०७६, आहाखबर

    काठमाडाैं, ६ असोज

    डबल खुसीको अपग्रेड अफर अन्तर्गत चाडपर्वको अवसरमा एलजी नेपालले हरेक टेलिभिजनको खरिदमा छ महिनाको लागि प्रभु टिभी एप सित्तैमा प्रदान गर्ने भएको छ । 

    यो सुविधा एलजीका पुराना खरिद गरिसकेका टेलेभिजनहरुमा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सदस्यहरुको सदस्यता एलजी टिभीको प्रभु एपमा लगइन गरेपछि सुरु हुने कम्पनीले जनाएको छ । 

    यो कार्ययोजना सुरु भएको तीन महिनाभित्र गर्नुपर्ने कम्पनीको भनाइ छ । योजना यही असोज १ देखि नै लागू भइसकेको छ। एलजीका टिभीहरु सीजी इलेक्ट्रोनिक्सले नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast