शुक्रबार, मंसिर २०, २०७६
    ओएमजी Omg!

    मानिसको टाउकोमा सिंङ पलाएपछि…

    सोमबार, ६ असोज २०७६, आहाखबर

    काठमाडाैं, ६ असाेज ।

    के तपाईले कुनै मानिसको सिंङ देख्नुभएको छ ? सिंङ केही जिवजन्तुहरुको मात्र हुन्छ ।तर, भारतको मध्य प्रदेशको सागर जिल्लामा रहेको रहली गाँउमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउको सिंङ पलाएको थियो । कुनै जनावरको सिंग झै बलियो र कडा श्यामलालको सिंङ चार इञ्च भन्दा ठूलो थियो ।

    श्यामलालका अनुसार ५ बर्ष पहिले टाउकोमा चोट लागेसंगै पलाउन शुरु गरेको सिंङ विस्तारै ठूलो हुँदै गएको थियो । टाउको सिंङ पलाएसँगै श्यामलाल शुरुवातमा निकै डराएका थिए । उनले पलाएको सिंङ काट्ने निकै प्रयास गरे तर काट्दा पनि केही समयमा सिंग पलाएर आइहाल्थ्यो ।

    सिंङ काट्दा पनि नजाने तथा बढ्दै गएपछि श्यामलालले केही वर्ष निकै कष्टपूर्ण जीवन भोग्नुपर्यो । उनी सिंङ पलाउने समस्या लिएर चिकित्सककोमा समेत पुगे । तर उनको टाउको सिंङ देख्ने बित्तिकै धेरै चिकित्सक डराए र उपचार गर्न नसक्ने बताए । केही चिकित्सकले भने सिंङ हटाउन निकै महंगो शुल्क लाग्ने बताए ।

    श्यामलालसँग पर्याप्त रकम नभएका कारणले उनले सिंङ पलाउने समस्या सहनुपर्यो । तर श्यामलालको समस्या थाहा पाएपछि सागर शहरको भाग्योदय नामक अस्पतालका चिकित्सकले उनको सिंग अप्रेसनको माध्यमबाट हटाउन सकिने बताए ।

    केही दिन अघि सोही अस्पतालका चिकित्सकको टोलीले उनको सिंङको अप्रेसन गरी त्यसलाई जरैबाट हटाइदिए ।

    अप्रेसनमा संलग्न चिकित्सकका अनुसार श्यामलालको समस्या दुर्लभ प्रकारको सेबेसियस हर्न नामक बिरामिले गर्दा भएको हो । मानिसको टाउकोमा सेबेसियस ग्ल्याडबाट निस्कने तथा ठुलो हुने गर्दछ ।

    श्यामलालको टाउकोमा लागेको चोटका कारणले उनको सो ग्ल्याड बन्द भई निस्कनु पर्ने द्रब्य निस्किन पाएन, र सोहि द्रब्य जम्मा भई सिंगको रुप धारण गरेको चिकित्सकले बताएका छन् । अप्रेसनपछि श्यामलाल यादब बिना सिंगको जीवनयापन गरीरहेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast