बुधबार, कार्तिक ६, २०७६
    विज्ञान/प्रविधि

    अब जनप्रतिनिधीले सामाजिक सञ्जाल चलाउन नपाउने

    सोमबार, ६ असोज २०७६, आहाखबर

    हेटौंडा, ६ असाेज ।

    अब कार्यालय समयमा जनप्रतिनिधि र कर्मचारीले सामाजिक सञ्जालकाे प्रयाेग गर्न नपाउने भएका छन् ।

    जिल्ला समन्वय समिति मकवानपुरले कार्यालय समयमा जनप्रतिनिधि र कर्मचारीलाई सामाजिक सञ्जालमा रोक लगाउने निर्णय गरेको हाे । समितिको आइतबार बसेको ५० औं बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधिले कार्यालय समयमा सामाजिक सञ्जालको चलाउन नपाउने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले जानकारी दिए ।

    कार्यालय समयमा सामाजिक सञ्जालमा जनप्रतिनिधि र कर्मचारी व्यस्त हुँदा सेवाप्रवाहमा समस्या परेको गुनासो आउन थालेपछि रोक लगाउने निर्णय गरेको खुलालले बताए । उनले भने–‘ कार्यालय समयमा सामाजिक सञ्जाल चलाउँदा समस्या आएको छ । सेवाप्रवाहको समयमा अन्यत्र व्यस्त हुनु राम्रो होइन् । त्यसैले रोक लगाउने निर्णय गरेका हौ ।’

    बैठकले पहिलो चरणमा जिल्ला समन्वय समितिका जनप्रतिनिधि र कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक लगाएको प्रमुख खुलालले बताए । आफ्नै कार्यालयका जनप्रतिनिधि र कर्मचारीले कार्यालय समयलाई टाइम पासको रुपमा लिएको देखिएपछि बाध्य भएर रोक लगाउने निर्णय गरिएको उनको भनाइ छ ।

    जिससमा अनिवार्य रोक लगाउने निर्णय गरेको र अन्य स्थानीय तह र सरकारी कार्यालयलाई पनि कार्यान्वयन गर्न आव्हान गरेको खुलालले बताए । अब बस्ने स्थानीय तह समन्वय बैठकमा कार्यालयल समयमा सामाजिक सञ्जाल चलाउन रोक लगाउने ऐजेण्डा लैजाने तयारीमा जिसस रहेको उल्लेख गरे । उनले सबै स्थानीय तह र सरकारी कार्यालयमा यसलाई अभियानको रुपमा लगेर कार्यान्वयन गर्ने दाबी गरे ।

    बैठकमा उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिलप्रसाद उपाध्यायलगयात जिसस सदस्य एवम् कर्मचारीहरुको सहभागिता थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast