सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ : प्रचण्ड

    सोमबार, ६ असोज २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौं, असोज ६ ।

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले फेरि एउटा अर्को आन्दोलन चाहिएको बताएका छन् ।

    दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो आन्दोलन शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने बताएका हुन् ।

    ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ?  हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ प्रचण्डले भने,‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ । सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ । नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन्छ ।’

    उनले अहिले विकासका कुरामात्र धेरै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए।

    ‘मीठा मीठा कुरा भन्न सजिलो छ । हिजो राजा/महाराजाहरूले पनि विकासका मूल फुटाउने कुरा त गरेकै हुन् । तर भयो अर्कै,’ प्रचण्डले भने,‘ भन्ने ठूलो कुरा होइन । के गर्ने भन्ने ठूलो कुरा हो । भन्न त जे पनि सकिन्छ ।’

    उनले नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको औंल्याउँदै तर अहिले त्यो अर्कै तरिकाले अघि बढ्न लागेको उल्लेख गरे ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast