सोमबार, कार्तिक ४, २०७६
    अावास-निर्माण

    नागढुंगा-नाैबिसे सुरुङमार्गकाे ठेक्का सम्झौता आज हुँदै, यस्तो बन्दै बाटो

    सोमबार, ६ असोज २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडाैँ, ६ असोज । 

    बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणका लागि सरकारले सोमबार जापानी निर्माण कम्पनीसँ सम्झौता गर्दै छ ।

    जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको यो सुरुङमार्ग हाज्मा-आन्द्रो जेभीले करिब १३ अर्ब रुपैयाँमा निर्माण गर्नेछ ।

    जापानकाे निर्माण कम्पनी हाज्मा-आन्द्रो जेभीले साे सुरुङ मार्ग निर्माणकाे ठेक्का पाएकाे छ । जापान सरकारकै सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको हाे । जापानले यस परियाेजनाका लागि नेपाललाई १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ । 

    आज सम्झाैता भएर आउँदाे मंसिरबाटै सुरुङमार्गकाे निर्माण कार्य सुरु हुने बताइएकाे छ । सुरुङमार्ग आयाेजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेँसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ । यही सर्तअनुसार जापानी कम्पनीसँग सम्झाैता हुन लागेकाे हाे ।

    थानकाेटकाे दहचोकदेखि धादिङकाे सिस्ने खोलासम्म कायम हुने सुरुङकाे लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुने यसअघि नै तय गरिएकाे थियाे । सडकको लम्बाइ आठ किमि कम हुनेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast