बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    कसरी बनिन् साेनाक्षी मजाककाे पात्र ?

    सोमबार, ६ असोज २०७६, आहाखबर

    मुम्बई, ६ असाेज । 

    बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ट्विटरमा ट्रोलको सिकार बनेकी छिन् । 'कौन बनेगा करोडपति' मा उनले हनुमानले कसको लागि संजिवनी बुटी लिएर आएका थिए भन्ने बारेमा जवाफ दिन नसकेपछि ट्विटरमा मजाकको पात्र बनेकी हुन् ।

    कौन बनेगा करोडपतिको ११ औं  सिजनको २५ औं इपिसोडका सोनाक्षी राजस्थानकी रुमादेवी कर्मबीर प्रतिभागीको तर्फबाट हिस्सा लिएकी थिइन् । बलिउड अभिनेत्री सोनाक्षी विशेष अतिथीको प्यानलमा रहेकी थिइन् ।उनले रुमादेवीलाई साथ दिइरहेकी थिइन् । 

    यसैबीच एक प्रश्न आएको थियो त्यसमा जवाफ दिन नसकेपछि उनले लाइफलाइनको सहयोग लिनुपरेको थियो । प्रश्न थियो-रामायणका अनुसार हनुमान कसको लागि संजिबनी बुटी लिएर आएका थिए रु जवाफको विकल्पमा सुग्रीव, लक्ष्मण, सीता र रामको नाम थियो । 

    सोनाक्षीलाई यसको जवाफ थाहा थिएन । उनले एक्सपर्ट सम्बन्धी लाइफलाइन प्रयोग गरिन् । त्यसमा सही जवाफ लक्ष्मण भन्ने बताइयो । सो इपिसोड सकिनासाथै सोनाक्षीलाई ट्विटरमा मजाकको पात्र बनाइएको थियो । 

    केही मानिसले उनको बचाव पनि गरेका थिए । यसक्रममा सोनाक्षी सिन्हा  ह्यासट्याग भारतमा टप ट्रेन्डमा आएको थियो । निकुन्ज नामका एक युजरले लेखेका छन्, ‘सोनाक्षी सिन्हाका पिता शत्रुघन् सिन्हाका तीन भाइ छन्- राम, भरत र लक्ष्मण । सोनाक्षीका भाइको नाम लब र कुश छ । उनको घरको नाम रामायण हो । र, पनि उनले यो प्रश्नमा लाइफलाइन प्रयोग गरिन् ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast