बुधबार, असोज २९, २०७६
    कृषि-उर्जा

    दशैंको मुखमा उपभाेक्ताकाे ढाड सेक्ने गरी बढ्याे तरकारीकाे मूल्य, यस्ताे छ मूल्य सूची

    सोमबार, ६ असोज २०७६, आहाखबर

    काठमाडौं, ६ असाेज ।

    दसैं नजिकिँदै गर्दा सर्वसाधारणकाे ढाड सेक्ने गरी तरकारीकाे मूल्य बढेकाे छ । चाडपर्वका बेलामा अत्याधिक खपत हुने तरकारीको मूल्य उपभाेक्ताले थग्नै नसक्ने गरी बढेको हाे ।

    आलु, प्याज लगायतका तरकारीको मूल्य आम सर्वसाधारणले धान्न नसक्ने गरी बढेको हो । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले विभिन्न बहानामा तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन् ।

    एक साताअघि बजारमा ९३ प्रतिकिलो रहेको प्याजको मूल्य अहिले १२५ नाघेको छ । त्यस्तै, एक साताअघि ६५ प्रतिकिलो पर्ने आलुको मूल्य अहिले ७५ नाघेको छ । बन्दा, काउली, मुला, भन्टा, बोडी, हरियो फर्सी, तीते करेलालगायतका तरकारीको मूल्य पनि यसरी नै बढेको छ ।

    भारत र नेपालमा उत्पादनमा कमी आएपछि तरकारीको मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरू बताउँछन् । नेपाल आलुमा ६० प्रतिशत र प्याजमा ९० प्रतिशत भारतमाथि निर्भर छ ।
    तरकारीको बजार मूल्य अकासिए पनि किसानले भने लागतअनुसारको मूल्य पाउन नसकेको गुनासो गर्दै आएका छन् । यसको सबै फाइदा बिचौलियाले लिएको किसानको गुनासो छ ।

    काठमाडौंको थोक बजारमा आइतबार बोडी प्रतिकिलो १२० देखि १२५ र पर्बल ९० देखि ९५ रुपैयाँमा कारोबार भयो । त्यस्तै, उपभोक्ताले भिन्डी र काउलीलाई प्रतिकिलो १ सय २० रुपैयाँसम्म तिरेका छन् ।

    थोक बजारमै घिरौंला, ठूलो खुर्सानी र सिमी प्रतिकिलो ९० देखि ९५ रुपैयाँ बढीमा किनबेच भएको छ । यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको मूल्य सूची:

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast