सोमबार, असोज २७, २०७६
    बिदेश

    लिवरम्यानले नेतन्याहु वा गान्ज कसैलाई पनि नसघाउने

    आईतवार, ५ असोज २०७६, आहाखबर

    जेरूसेलम, ५ असोज 

    इजरायलमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयनका लागि गृहकार्य गरिरहेका समय पूर्व रक्षामन्त्री अभिडोर लिबरम्यानले निवर्तमान प्रधानमन्त्री वेन्जामिन नेतन्याहु वा अर्का नेता वेन्नी गान्ज कसैलाई पनि सिफारिस नगर्ने बताउनुभएको छ ।

    गत हप्ता सम्पन्न निर्वाचनमा नेता नेतन्याहुको दलको अनपेक्षित हार भएपछि प्रधानमन्त्रीका लागि गान्जले सक्रियता देखाउनुभएको छ । यस्तै प्रधानमन्त्रीका लागि नेतन्याहुको दलले पनि दावी गरेको छ । 

    लिवरम्यानको राष्ट्रवादी पार्टी यिजरायल बेतेनुले पनि प्रधानमन्त्रीका लागि हुने राष्ट्रपति रेउभेन रिभलिनसँगको परामर्शमा सम्भवतः लिवरम्यानलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा पठाइनेछ ।
    निर्वाचन परिणामले कसैलाई पनि प्रस्ट बहुमत नदिएपछि इजरायलमा सत्ताका लागि नयाँ समीकरण भइरहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast