सोमबार, असोज २७, २०७६
    राज्य-समाज

    प्रचण्डले दिए रेशम चौधरी जेलबाट छुट्ने संकेत, के भयाे सहमति ?

    आईतवार, ५ असोज २०७६, आहाखबर

    काठमाडौं, ५ असोज । 

    नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसद रेशम चौधरी  जेलबाट छुट्ने संकेत गरेका छन् । सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उनले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिएका हुन् ।

    टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको उनले बताए । उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा आयो, जे भएको छ, अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति गरिएको छ र, प्रक्रिया पनि अगाडि बढेको छ ।’

    रेशम चौधरीको नाम उल्लेख नगरी उनले भने, ‘जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्छ ।’

    कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई टीकापुर घटनामा जन्दकैदको सजाय सुनाइएको छ । उनी जेलमै रहेका बेला सपथसमेत लिएका थिए ।

    नेकपा अध्यक्ष प्रचण्डले शान्तिपूर्ण दबावबाटै संविधान संशोधनका लागि वातावरण बनाउनुपर्ने धारणा राखे । संविधान बनाउने क्रममा नै आफूले यो पूर्ण छैन भनेर भनेर लिखित असहमति राखेको स्मरण गर्दै उनले भने, ‘संविधान गतिशील दस्तावेज हो र संशोधन गर्दै जाने प्रयास निरन्तर जारी छ ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast