बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    एलिना बास्कोटाकाे नयाँ म्युजिक भिडियो 'गाह्रो छ' सार्वजनिक (भिडियाेसहित)

    आईतवार, ५ असोज २०७६, आहाखबर

    काठमाडाैं, ५ असाेज । 

    अभिनेत्री तथा मोडल एलिना बास्कोटा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।पञ्जाबी मोडल ह्यारी चहलको अभिनय रहेको गीतमा नेपाली मोड लोमस र सन्तोषले पनि अभिनय गरेका छन् ।

    गाह्रो छ बोलको सार्वजनिक गीतमा बाहुबली नाम दिएको कुकरको पनि अभिनय हेर्न सकिन्छ । अभिनेत्री एलिनाले थुप्रै म्युजिक भिडियो र नेपाली सिनेमामा काम गरिसकेकी छन् ।

    राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा पछिल्लो समयकी चर्चित गायिका मिना निरौलाको स्वर छ । उक्त भिडियोको निर्देशन प्रज्वल राज घिमिरेले गरेका हुन् ।

    आइटम बिटमा निर्माण गरिएको गीतले दर्शकको मन जित्ने निर्माण टिमको भनाई छ । गीतको अडियो तथा भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast