शनिबार, मंसिर २१, २०७६
    ओएमजी Omg!

    गोंगबुका होटलबाट २९ यौन जोडी पक्राउ

    आईतवार, ५ असोज २०७६, आहाखबर

    काठमाडाैं, ५ असाेज ।

    गोङ्गबुका छुट्टाछुट्टै हाेटेलबाट २९ याैन जाेडी र १४ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुबाट उनीहरूलाई पक्राउ गरेकाे हाे । 

    यस्तै प्रहरीले ९७ हजार नगदसहित १४ जनालाई पनि पक्राउ गरेको छ। प्रहरीले गोङ्गबुका छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो।

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरबाट ८७ हजारसहित नौ र टोखा नगरपालिका–९ मा कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए।

    पक्राउ पर्नेमा १० पुरुष र चार महिला जुवाडे रहेका छन्। यसैगरी, शनिबारै गोङ्गबुका विभिन्न होटल, लज र रेष्टुरेन्टमा बसेर अनैतिक क्रियाकलापमा सङ्लग्न २९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast