बुधबार, कार्तिक ६, २०७६
    पर्यटन समाचार

    नेपाल छिट्टै इयूको सुरक्षा सूचीबाट हट्दै, निगम सुधार्न ‘सफ्ट थेरापी’

    शनिबार, ४ असोज २०७६, आहाखबर
    काठमाडौँ, ४ असोज
     
    पर्यटनमन्त्री भट्टराईले युरोपेली सङ्घ (इयू)को सुरक्षा चासोलाई मध्यनजर गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायको रुपमा विभाजन गर्ने प्रक्रियामा रहेको तथा तदसम्बन्धी विधेयक अन्तरमन्त्रालयमा छलफल भई मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
     
    उहाँले इयूको चासो बमोजिमका प्रगति हालिस गरिरहेकाले नेपाल उसको सुरक्षा सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटनमन्त्री भट्टराईले उपयुक्त विषयमा इयूका राजदूत, सम्बन्धित मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगमार्फत पनि पहल भइरहेको र यसमा सकारात्मक वातावरण बनिरहेकाले छिट्टै नै इयूको सुरक्षा सूचीबाट हट्ने दाबी गर्नुभयो ।
     
    निगम सुधार्न ‘सफ्ट थेरापी’
     
    राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार र सेवा स्तरीकरणको अभियानमा प्राथमिकताका साथ लाग्नुभएका मन्त्री भट्टराईले समस्याग्रस्त निगमको प्रभावकारी व्यवस्थापन र गुणस्तरका लागि सफ्ट थेरापी आवश्यक भएको र त्यसका लागि छिट्टै नै आवश्यक निर्णय लिइने जानकारी दिनुभयो ।
     
    निगम सुधार सुझाव कार्यदलले हालै मन्त्रालयलाई बुझाएको प्रतिवेदनका आधारमा निगमको व्यवस्थापन सुधारको काम थालनी गरिने उहाँले उल्लेख गर्नुभयो । “निगम बजाउन हामी (सरकार) निर्णायक उपचार गर्दैछाँै, अहिले रगत परीक्षण, भिडियो एक्सरे आदि गर्दैछौँ सामान्य कुरा सुधारेर सम्भव छैन । त्यसैले निगमको व्यवस्थापन र अरु सुधारका लागि सफ्ट थेरापी गरिन्छ, निगमले गुणात्मक फड्को मार्नेछ”, उहाँले भन्नुभयो । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई लक्ष्य गरी पूर्वाधार विकास, गन्तव्य प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय बजारीकरणका कामलाई तीव्रता दिएको बताउनुभयो ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast