मंगलवार, कार्तिक ५, २०७६
    राज्य-समाज

    भारतमा नेपाली संविधान दिवसको विरोध, ‘कालो दिन’भन्दै नारावाजी

    शनिबार, ४ असोज २०७६, आहाखबर

    काठमाडौँ, ४ असोज

    भारतस्थित नयाँदिल्ली, जन्तरमन्तरमा संविधानको विरोध गरियो । भारतमा रहेका नेपाली विद्यार्थीहरुले संविधान दिवसलाई ‘कालो दिन’को संज्ञा दिँदै विरोध जनाएका हुन् । उनीहरुले कालो ब्यानरमा संविधान विरोधी नारा लेख्दै नारा समेत लगाएका थिए ।

    संविधान विभेद्कारी भएको भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो । विरोध कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघ भारतका विद्यार्थीहरुको सक्रिय सहभागिता थियो । दिल्लीमा अध्ययनरत विद्यार्थीसहित राष्ट्रिय जनता पार्टीका नेताहरु समेत विरोधसभामा आइपुगेका थिए । 

    कार्यक्रममा नेपालबाटै राजपाका केन्द्रीय सदस्य र जिल्ला सदस्यहरु समेत सहभागी थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast