बुधबार, कार्तिक ६, २०७६
    विज्ञान/प्रविधि

    अब ह्वाट्सएप स्टाटस इन्स्टाग्राम र फेसबुक मार्फत् शेयर गर्न सकिने

    शनिबार, ४ असोज २०७६, आहाखबर

    काठमाडौँ, ४ असोज

    ह्वाट्सएपले ल्याएको नयाँ फिचरको माध्यमबाट प्रयोगकर्ताले आफ्ना ह्वाट्सएप स्टाटसलाई फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सक्नेछन् ।

    यो फिचर एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध रहेको छ । यसको सहयोगमा अब एउटै पोष्टलाई ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुकमा एकैपटक पोष्ट गर्न सकिनेछ र अलग-अलग पोष्ट गर्नु पर्दैन ।

    ह्वाट्सएपले प्रयोगकर्ताका लागि पछिल्लो समयमा नयाँ-नयाँ फिचरहरु ल्याइरहेको छ । यसअघि पनि ह्वाट्सएपले स्टाटससँग सम्बन्धित एक फिचर लञ्च गरेको थियो । पछिल्लो बिटा अपडेटमा ह्वाट्सएपले स्टाटस लुकाउन मिल्ने फिचर राखेको छ । 

    जुन केही प्रयोगकर्ताका लागि परीक्षणको रुपमा रिलिज गरिएको छ । हाइड म्युटेड स्टाटस फिचरको मद्दतले प्रयोगकर्ताले ह्वाट्सएपको स्टाटस सेक्सनबाट म्यूट गरिएका सबै स्टाटस अपडेटहरु हाइड गर्न पाउनेछन् जसलाई प्रयोगकर्ताले देख्ने छैनन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast