सोमबार, कार्तिक ४, २०७६
    स्वास्थ्य

    नङको रङ फेरिँदै छ ? होसियार हुनुहोस्

    शनिबार, ४ असोज २०७६, आहाखबर

    काठमाडौँ, ४ असोज

    हाम्रो नङको रङले हाम्रो स्वास्थ्यबारे धेरै खुलासा गरेको हुन्छ । तसर्थ यदि हाम्रो नङको रङ बदलिँदै छ र पहिलेको तुलनामा निकै पहेँलो हुँदै गएको छ भने यसले हाम्रो शरीरमा रगतको कमी हुँदै गएको जनाउँछ । 

    यसको अर्थ हामीलाई एनिमिया भएको हुनसक्छ । वा यही कुरा हाम्रो मिर्गौला वा कलेजो खराब भएको संकेत पनि हुनसक्छ । 

    अर्कोतिर हाम्रो नङको रंग सेतो हुँदै गएको छ भने हाम्रो कलेजोमा समस्या हुनसक्ने संकेत त्यसले गरेको हुन्छ । हामीलाई थायराइड हुँदै छ भने हाम्रो नङको रङ कालो हुँदै जाने सम्भावना बढी हुन्छ । 

    नङ नीलो हुँदै गएको छ भने हाम्रो शरीरमा आवश्यक अक्सिजन पुगिरहेको हुँदैन । त्यसैले हाम्रो नङमा सामान्यभन्दा पनि अलिक नोटिसेबल परिवर्तन देखिँदै गएको छ भने हामीले तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast