बुधबार, असोज २९, २०७६
    लाइफस्टाइल

    मनसुन पुन: सक्रिय हुँदै, रातिदेखि वर्षाको सम्भावना

    शनिबार, ४ असोज २०७६, आहाखबर

    काठमाडौँ, ४ असोज

    केही दिनयता कमजोर बनेको मनसुन शनिबार देखि पुनः सक्रिय हुँदै गएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले रातिबाट अझ बढ्ने सम्भावना रहेको बताए ।

    ‘हिजो(शुक्रबार) देशभर करिब–करिब मौसम सफा नै थियो,’ उनले नेपालखबरसँग भने, ‘हिजोको तुलनामा आज मनसुन सक्रिय भएको छ ।’

    उनका अनुसार अहिले मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्णसम्म तथा देशका अन्य भागमा आंशिकदेखि सामान्यसम्म बदली छ।

    ‘दिउँसो पानी पर्ने चान्स कमै छ तैपनि एक/दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्छ,’ मौसमविद् श्रेष्ठले भने, ‘राति भने मध्य र पूर्वका केही तथा पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ।’
     
    आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

    असोज ०४ गते शनिबार

    दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही एक(दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।

    राति : देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।

    असोज ०५ गते आइतबार

    दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।

    राति : देशभर सामान्यदेखि पूर्णसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। मध्य तथा पूर्वका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    असोज ०६ गते सोमबार

    दिउँसो : देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।

    राति : देशभर सामान्य बदली रहनेछ। केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।

    पूर्वका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।#माैसम पूर्वानुमान महाशाखा

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast