शुक्रबार, मंसिर २०, २०७६
    शेयर बजार

    पूर्वराजा ज्ञानेन्द्रकाे सेयर साझा यातायातमा रहेकाे खुलासा

    शुक्रबार, ३ असोज २०७६, आहाखबर

    काठमाडाैं, ३ असाेज ।

    साझा यातायातमा पूर्वराजा ज्ञानेन्द्रकाे सेयर भएकाे खुलेकाे छ । यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेका अनुसार कुल सेयर रकम ३ अर्ब ४५ करोड ४३ लाख ४६ हजार ५ सय रुपैयाँ रहेकाे साझा यातायातमा २ सय २७ जनाको सेयर रहेकाे छ ।

    साझामा संघीय, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न संघसंस्था र व्यक्तिको सेयर छ। ती २ सय २७ जना सेयर सदस्यमध्ये पूर्वराजा ज्ञानेन्द्र शाह पनि एक हुन्। पूर्वराजामात्र होइन राजपरिवार अरू सदस्यको सेयर पनि साझा यातायातमा छ।

    सेयर संख्या १ देखि ६ हजार ४ सयसम्मको सेयर पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी छोरी प्रेरणा शाह, धिरेन्द्रकी छोरीहरू पूजा शाही, शीताष्मा शाह, दिलाशा शाह र श्रुती शाहकी छोरी गिर्वाणी राणा, सुराङ्गना राणाको नाममा रहेको छ।

    यो नयाँ सेयर नभई २०१८ सालको राजा महेन्द्रको सेयर नामसारी हुँदै आएको पाण्डेकाे भनाइ छ । ‘राजा वीरेन्द्रले आफ्नो सेयर छोरी श्रुतीको नाममा गरिदिए। श्रुतीको निधनपछि त्यो सेयर छोरीहरू गिर्वाणी र सुराङ्गना राणाको नाममा आयो,’ उनले भने, ‘त्यस्तै सेयर ज्ञानेन्द्र र धिरेन्द्रको नाममा पनि दरबार हत्याकाण्ड हुनुभन्दा पहिल्यैदेखि थियो।’

    राजा वीरेन्द्रको सम्पत्ति राष्ट्रियकरण गरेको नेपाल ट्रष्टले साझाको सेयरबारे केही निर्णय गरेको छैन। यो सेयरबारे छलफल नगरी बोल्न नमिल्ने ट्रष्टका सूचना अधिकारी अमृत महर्जन बताउँछन्।

    साझा यातायात सहकारी संस्थाले २०१९ साउन १ गतेदेखि काठमाडौं उपत्यकामा सहरी यातायात सुरु गरेको थियो। बाह्र वर्ष बन्द भएर २०७० वैशाखदेखि फेरि सञ्चालन आएको साझा यातायातका हाल ७१ बस छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast