मंगलवार, कार्तिक ५, २०७६
    यातायात

    कतै जाँदै हुनुहुन्छ ? विद्युतीय बसमा लाग्दैन भाडा

    शुक्रबार, ३ असोज २०७६, आहाखबर

    काठमाडौं, ३ असाेज ।

    आज दिनभर सुन्दर यातायातका विद्युतीय बसमा यात्रा आवत-जावत गर्दा भाडा नलाग्ने भएकाे छ । 

    संविधान दिवसको अवसरमा सुन्दर यातायातका विद्युतीय बसले यातायात शुल्क नलिने निर्णय गरेकाे हाे । 

    काठमाडौंको रिंगरोडमा चलिरहेका विद्युतीय बसमा निःशुल्क सेवा दिइएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । थापाका अनुसार बेलुका ५ बजेसम्म चारवटा बसले निःशुल्क सेवा प्रदान गर्नेछन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast