बुधबार, कार्तिक ६, २०७६
    कला-सौन्दर्य

    ‘चपली हाइट–३’ को पोष्टर हलिउड फिल्म ‘इएल क्युरोप’ सँग हुबहु मिलेपछि ...

    बिहिवार, २ असोज २०७६, आहाखबर

    काठमाडौं, २ असोज

    केही दिन पहिले राजधानीमा अर्जुन कुमारले फिल्म युनिट सहित चपली हाइट–३​ को एक पोष्टर समेत सार्वजनिक गरेका थिए । अभिनेत्री स्वस्तिमा खड्का बीचमा राखिएको र अन्य दुई कलाकार दयाबाँया राखेर डिजाइन गरिएको उक्त पोष्टरले धेरैको ध्यान खिचेको थियो । कार्यक्रममा केहीले त पोष्टरको प्रशंसा समेत गरेका थिए ।

    निर्माता अर्जुन कुमारले सार्वजनिक गरेको उक्त पोष्टर हलिउड फिल्म ‘इएल क्युरोप’सँग हुबहु मिल्न गएको छ । २०१२ मा निर्माण फिल्म ‘इएल क्युरोप’ पोष्टरका केही डिजाइन मध्य एकसँग ‘चपली हाइट ३’को पोष्टर मिल्न गएको हो ।

    नेपालमा राम्रो पोष्टर क्रियसन गर्न सक्ने क्षमता भएका मानिस अभाव भएकै हो त ? विदेशीको नक्कल गरेर पोष्टर बनाउनुपर्ने बाध्यता रहेको स्पष्ट नेै रहेको छ । 

    अर्जुनकुमार फिल्मसले केडिसी हस्पिटलको सहकार्यमा निर्माण गर्न लागेको यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट र नवअभिनेता प्रतिक श्रेष्ठको मुख्य अभिनय रहने छ । ‘चपली हाइट–३’ आगामी चैत्रमा प्रदर्शनमा आउँनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast