बुधबार, कार्तिक ६, २०७६
    स्वाद/परिकार

    च्याउ खानुको यस्तो छ फाइदाहरु !!!

    बिहिवार, २ असोज २०७६, आहाखबर

    काठमाडौँ, २ असोज

    च्याउमा हामीलाई विभिन्न रोगहरु लाग्नबाट बचाउँछ । तर च्याउ खाँदा स्वास्थ्यलाई हानि नपुर्याउने च्याउ मात्र खानुपर्छ ।

    साहकारी तरकारीको नाम लिनु पर्दा च्याउ भन्ने बित्तिकै मन नपराउने भन्नेहरु बिरलै होला । यसको स्वाद निकै स्वादिलो हुने भएकाले मानिसहरु च्याउ खान निकै रुचाउने गर्छन् ।

    च्याउमा पाइने विभिन्न खालका खनिज पदार्थले हाम्रो स्वास्थ्यलाई निकै लाभ दिन्छ । कतिपय मानिसहरुले बिषालु च्याउको पहिचान गर्न नसक्दा ब्यथ्थामा ज्यान गुमाईरहेका पनि छन् । भने बिषालु रहित च्याउ खानाले मानिसको स्वास्थ्यमा धेरै फाईदा पुर्याउने गर्दछ ।

    जुन यस प्रकारको रहेका छन् ।

    १) यसमा पाइने एन्टीअक्शीडेन्टले क्यान्सर हुनबाट बचाउँछ ।

    २) यसमा पाइने सेलेनियम तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बधाउन मद्धत गर्छ ।

    ३) च्याउमा पाइने ‘फोलेट’ नामक भिटामिनले शरीरमा वंशाणु तहमा हुने काममा मद्दत गरी क्यान्सर लाग्ने प्रक्रियामा वाधा पुर्याउने देखिएको छ ।

    ४) यसमा भिटामिन डी पाइन्छ । त्यसैले च्याउ खानाले हाम्रो शरीरमा भिटामिन डीको कमी हुन पाउदैन ।

    ५) च्याउमा केही मात्रामा ‘आइरन’ पनि पाइन्छ, जसले हाम्रो शरीरको सोस्न सक्ने क्षमतालाई बढाउँछ । तसर्थ च्याउको सेवनबाट रक्तअल्पता भएका व्यक्तिलाई फाइदा पुग्छ ।

    ६) च्याउमा प्राकृतिक रुपमै ‘इन्सुलिन’ पाइन्छ । चिल्लो पदार्थ र कलेस्टेरोल नहुने भएकाले चिनीरोगीका लागि च्याउ उपयुक्त आहार मानिन्छ ।

    ७) उच्च प्रोटिन र कम कोलेस्टेरोल हुने भएकाले मोटोपना भएका व्यक्तिका लागि च्याउ उपयुक्त खानेकुरा हुन सक्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast