शुक्रबार, मंसिर २०, २०७६
    मुभी-थिएटर

    लप्पन छप्पन–२’को फस्ट लुक सार्वजनिक, यस्ताे छ सौगात र अर्पणको ‘डन अवतार’

    बिहिवार, २ असोज २०७६, आहाखबर

    काठमाडौं, २ असाेज । 

    विहीबार फिल्म लप्पन छप्पन–२’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका कलाकार अर्पण थापाले आफ्नो फेसबुक मार्फत फिल्मको पहिलोपोष्टर सार्वजनिक गरेका हुन् ।

    नेपालका सर्वाधिक चलेका स्टारकास्टले भरिएको फिल्म ‘लप्पन छप्पन–२’ को दमदार पहिलो पोष्टरमा फ्रान्सको पेरिस स्थित आइफिल टावरको ब्याकग्राउण्डमा सौगात मल्ल र अर्पण थापाको दमदार लुकलाई प्रस्तुत गरिएको छ ।

    फिल्म ‘लप्पन छप्पन–२’ हालै युरोपका विभिन्न शहरहरुमा छायांकन सकेर नेपाल फर्किएको थियो । युरोपबाट फर्किए लगत्तै फिल्म युनिटले फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो ।

    मुकुन भट्टले निर्देशन गरेको फिल्म ‘लप्पन छप्पन–२’ मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ र सुरबिना कार्की लगाएतको मुख्य भूमिका रहेको छ ।

    युरोपमा सुटिङ गरिएको यो फिल्म फागुन ९ गतेबाट नेपालभर प्रदर्शन गरिने भएको छ । फिल्मबाट निकै आशा र भरोसा राखिएको फिल्मका कार्यकारी निर्माता प्रकाश कुवँरले बताएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast