सोमबार, कार्तिक ४, २०७६
    पर्यटन समाचार

    आजदेखि बाइसधारा र रत्नपार्क जान पैसा नलाग्ने

    बिहिवार, २ असोज २०७६, आहाखबर

    काठमाडौं, २ असार ।

    बिहीबारदेखि  काठमाडौंका रत्नपार्क र बालाजुस्थित बाइसधारा घुम्न शुल्क तिर्नु नपर्ने भएकाे छ । 

    आजदेखि ४ गतेसम्म रत्नपार्क र बाइसधारा घुम्न प्रवेश शुल्क तिनु नपर्ने भएको हाे। काठमाडौं महानगरपालिकाले संविधान दिवसको अवसरमा काठमाडौंका पार्क घुम्न पैसा तिनु नपर्ने व्यवस्था गरेको हो ।

    महानगरले संविधान दिवसलाई भव्य बनाउन भन्दै पार्कमा समेत प्रवेश शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बालाजुस्थित बाइसधारा र रत्नपार्क प्रवेशमा लिइँदै आइएको प्रवेश शुल्क तीन दिनलाई निःशुल्क गरिएको छ । यी पार्कमा प्रवेश शुल्कबापत २५ रुपैयाँ तिर्नु पर्छ ।

    महानगरले पार्क घुम्न आउनेलाई प्रवेश शुल्क निःशुल्क गर्ने निर्देशन दिएपनि यसअघि संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने संविधान दिवसको विदा पार्क घुम्न र डेटिङ जान नभएको बताएका थिए ।

    यस्तै संविधान दिवसका दिन टुंडिखेलमा हुने भव्य समारोहमा आउने सर्वसाधारणका लागि पनि महानगरले बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायत उपलब्ध गराउने जनाएको छ ।

    दिवसको अवसरमा महानगर मातहतका कार्यालयहरुमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली गरिने छ । यस्तै, नागरिकलाई पनि दीपावलीका लागि आह्वान गरिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast