मंगलवार, कार्तिक ५, २०७६
    अावास-निर्माण

    नारायणगढ-मुग्लिन सडकखण्डमा १५ पुल बन्ने

    बिहिवार, २ असोज २०७६, आहाखबर

    काठमाडौं, २ असाेज ।

    नारायणगढदेखि मुग्लिनसम्म १५ वटा पुल निर्माण हुने भएका छन् । सडकभन्दा पुलको आकार साँघुरो भएकाले सवारी आवागमन असहज भएपछि सडककै आकारमा पुलको चौडाइ हुने गरी सडक विभागले पुल निर्माण गर्ने भएको हो ।

    यसका लागि विभागले ठेक्का लगाउने प्रक्रिया सुरु गरेको छ । हाल सडकभन्दा पुलको आकार साँघुरो भएकाले सवारी आवागमनमा अप्ठ््यारो भएपछि विभागले पुलको आकार बढाउने भएको हो । 

    “साँघुरो पुलका कारण सवारी आवागमन असहज भएपछि पुलको चौडाइ बढाइने भएको हो,” सडक विभाग, पुल महाशाखाका उपमहानिर्देशक दीपककुमार भट्टराईले भने, “नारायणगढदेखि मुग्लिनसम्म विभिन्न स्थानका १५ वटा पुल निर्माणको ठेक्का लगाउने प्रक्रियामा छौं । चाँडै नै काम सुरु हुन्छ ।”

    फुटपाथसहित पुलको चौडाइ ११ मिटर हुने विभागले बताएको छ । सडकको चाडाइ ६ देखि ७ मिटर रहे पनि यो क्षेत्रमा हाल पुलको चौडाइ ४ देखि ५मिटरमात्र छ । चौडाइ कम हुनुका साथै भएको पुलको अवस्था जीर्ण रहेकाले पनि पुल निर्माणको आवश्यकता देखिएको विभागले बताएको छ । जीर्ण पुल निर्माण गर्दा चौडाइ बढाउन सम्भव नभएकाले आवश्यक चौडाइमा नयाँ पुल निर्माण गरिने भएको हो ।
    १५ वटा पुल निर्माण गर्न करिब १५ अर्ब रुपैयाँ खर्च लाग्ने विभागको आकलन छ ।

    “ठेक्का लाग्ने प्रक्रियामा भएकाले पुल निर्माणको लागत अहिले नै भन्न मिल्दैन । अब केही दिनमै ठेक्का आह्वान गरेपछि बजेट सार्वजनिक हुने छ,” उपमहानिर्देशक भट्टराईले भने । दैनिक ५ हजारभन्दा बढी सवारी साधन यही सडक भएर काठमाडौं भित्रिन्छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast