बिहिवार, कार्तिक २८, २०७६
    ओएमजी Omg!

    आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल, यी हुन् ११ वटा रोचक तथ्य

    बिहिवार, २ असोज २०७६, आहाखबर

    काठमाडौँ, २ असोज ।

    १. मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउन सक्छ ।

    २. आँखा करीब २० लाख भागहरु मिलेर बनेको हुन्छ ।

    ३. आँखाको कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो जसमा रगत प्रवाह हुँदैन ।

    ४. एउटा आँखाको तौल करीव २८ ग्राम हुन्छ ।

    ५. आँखा खुल्ला राखेर हाछिउ गर्न सम्भव हुँदैन् ।

    ६. जन्मदेखि मृत्युसम्म आँखाको आकार परिवर्तन हुँदैन् ।

    ७. भर्खर जन्मेको बच्चामा रुँदा पनि आँसु आउँदैन ।

    ८. हरेक पटक आँखा झिम्क्याउँदा आँखा करीव ०.३ सेकेन्डको लागि बन्द हुन्छ । यसको मतलब हाम्रो आँखा प्रतिदिन करीव ३० मिनेट झिम झिम गर्दा बन्द हुने गर्छ ।

    ९. आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ ।

    १०. पृथ्वी समतल भएको भए आँखाले ५० कि.मी. पर रहेको बलिरहेको बत्ति देख्ने क्षमता हुन्छ ।

    ११. एक स्वस्थ मानिस प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ । यो गणनाको आधारमा १ दिनमा करीब १६ हजार पटक आँखा झिम्किन्छ र बर्षमा ६० लाख पटक ।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast