मंगलवार, कार्तिक २६, २०७६
    लाइफस्टाइल

    के चित्त दुख्नु हृदयघात बराबर हुन्छ ?

    बिहिवार, २ असोज २०७६, आहाखबर

    काठमाडौँ, २ असोज 

    कुनै पनि मानिस एक भावनात्मक चरणबाट गुज्रिदै गर्दा ऊ अधिक तनावको शिकार हुने गर्दछ । तनावको कारण सो व्यक्तिमा हृदयघातको लक्षण देखा पर्न थाल्छ । यसैले पनि अनायासमा कसैको मन नदुखाउनु भनिएको छ किनकि वास्तवमै दुःखी मनले मुटुमा गम्भीर असर गर्न सक्ने बताइएको छ ।  

    यस्तो अवस्थालाई ‘ब्रोकन हर्ट सिन्ड्रोम’ भनिन्छ । न्युयोर्कस्थित म्यानहाटन कार्डिओलोजीका हृदयरोग विशेषज्ञ रोबर्ट सेगलले एबीसी न्युजसँग भने, “ब्रोकन हार्ट सिन्ड्रोम बढ्दो तनाव हर्मोनको प्रतिक्रिया हो जसले मुटुको गति कम गर्दै यसको काममा अवरोध पुर्याउँछ ।”

    उनका अनुसार हरेक वर्ष उनले यस समस्याका थुप्रै बिरामीहरु देख्ने गरेका छन् । विशेषगरी आफ्नो पति, पत्नी वा प्रेमीको गुमाएका र डिभोर्सीहरु यसको बढी शिकार हुने गरेका छन् । 

    सन् २०१२ मा गरिएको अध्ययनमा यो पुरुषलाई भन्दा महिलामा बढी हुने गरेको पत्ता लागेको थियो ।  त्यसमा पनि युवतीहरुको तुलनामा ५० कटेका महिलाहरुलाई यसको सम्भावना धेरै रहेको बताइएको हो ।  ती महिलाहरुमा यसको शिकार हुनु अघि कुनै पनि हृदय सम्बन्धि समस्या नभएको र स्वस्थ हुने गर्दथे । तर बिनाकुनै संकेत अचानक उनीहरुमा हृदयघातको लक्षण देखा पर्ने गरेको हो ।

    सेगल भन्छन्, “यसका विभन्न लक्षण छन् जस्तै छाति दुख्ने, सास फेर्न नसक्नेदेखि बेहास हुनेसम्म हुन सक्छ । यसरी ब्रोकन हर्ट सिन्ड्रोम हृदयघात जस्तै हुने भएकाले नै चिकित्सकहरुले यसलाई प्राणघतक अवस्थामा जसरी नै उपचार गर्ने गर्छन् जसमा पहिले हृदयको गति परीक्षण गरिन्छ ।”

    यसरी मन दुखेपछि अचानक मुटु कमजोर हुने र मुटुले काम गर्न छाड्नुलाई अत्यन्तै वैज्ञानिकहरुले समेत असामान्य र दुर्लभ मान्ने गरेका छन् । तरपनि यसबाट मृत्यु हुने सम्भावना भने कम रहेको छ । यस्तोमा ब्रोकन हर्ट सिन्ड्रोमलाई समयले मात्र ठीक गर्न सक्ने डाक्टर सेगल बताउँछन् । 

    दुःखी भएका बेला भावनात्मक समर्थन सबैभन्दा उपयुक्त हुने र केही दिनदेखि केही हप्तासम्ममा ठीक हुन सक्ने उनको भनाइ छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast