मंगलवार, कार्तिक ५, २०७६
    आर्थिक खबर

    घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

    बिहिवार, २ असोज २०७६, आहाखबर

    काठमाडौँ, २ असोज ।

    बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ७ सय र तेजावी सुन प्रतितोला ७० हजार चार सय रुपैयाँ तोकिएको छ  । सोमबारदेखि सुनको स्थिर मूल्य ७१ हजार तीन सय रुपैयाँ कायम रहेको थियो । तर बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेको हो । 

    सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँ रहेको छ  । अघिल्लो दिन (बुधबार) प्रतितोला ८ सय ७० रुपैयाँ रहेको चाँदी बिहीबार तोलामा १५ रुपैयाँ घटेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast