बुधबार, कार्तिक ६, २०७६
    बैंक-बीमा

    सन्दर्भ : शिक्षा तथा साक्षरता दिवस

    जनता बैंकद्वारा लमजुङको फलेनी माविका विद्यार्थीलाई ‘स्कुल ब्याग’ वितरण

    बिहिवार, २ असोज २०७६, आहाखबर

    लमजुङ, २ असोज । 

    लमजुङको दोर्दी गाउँपालिका हिले बजारस्थित फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई जनता बैंकले स्कुल ब्याग वितरण गरेको छ । 

    जिल्लाको विकट भागमा अवस्थित उक्त विद्यालयमा अध्ययनरत् नर्सरीदेखि कक्षा ७ सम्मका जम्मा २ सय ६ जना विद्यार्थीलाई स्कुल ब्याग प्रदान गरिएको बैंकले जनाएको छ । 

    ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर  विद्यालयमा अयोजित एक कार्यक्रमकाबीच  दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दोर्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई जनता बैंकको लोगो अंकित ब्याग वितरण गर्नुभएको थियो ।

    बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु समेत गर्दै आइरहेको छ । हाल यस जनता बैंकले देश भरबाट गरि कूल १ सय ४२ शाखा, १ सय १० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, ३ एक्स्टेन्सन काउण्टर र २ सिमित बैंकिङ इकाईबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

    साथै बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा पनि प्रदान गरिरहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast