शुक्रबार, जेष्ठ २३, २०७७
    आर्थिक खबर

    मूल्य बढेपछि ८० प्रतिशतले घट्याे सुनको माग , ६ सय २१ किलो सुन बैंकमै थन्कियो

    बुधबार, १ असोज २०७६, आहाखबर

    काठमाडाैं, १ असाेज ।

    लगातार मूल्य बढेपछि सुनको माग ८० प्रतिशतले घटेको छ। अहिले बजारमा प्रति तोला सुन ७१ हजार ३ सय रुपैयाँका दरले कारोबार भइरहेकाे छ।

    केही समयअघि प्रति किलो ५९ हजार ५ सयमा किनबेच हुँदै आएको सुनको मूल्य एकाएक बढेको छ। प्रति तोला ७३ हजार ५ सयसम्म पुगेको सुनको मूल्य केही घटेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार हुँदै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्।

    उनी भन्छन्, 'सुनको मूल्य उच्च भएपछि पसलमा पुरानो सुन बिक्री गर्नेको घुइँचो लागेको छ। केही महिनाअघि प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको सुन बढेर ७१ हजार रुपैयाँभन्दा माथि पुगेपछि सुन बिक्री गर्नेको संख्या बढेको छ।'

    यस्तै सुन खपत हुन छाडेपछि बैंकमा ६ सय २१ किलो ५ सय ग्राम सुन बैंकमा थन्किएको छ। बैंकबाट एक साता साढे ५ किलो सुन मात्र बिक्री भएको छ। 

    सुनको भाउमा उच्च वृद्घि भएपछि यसको माग कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार शाहले बताए। ‘सुनको माग करिब ८० प्रतिशतले घटेको छ,’ उनले भने, ‘सुनको मूल्य अत्यधिक बढेकाले यस्तो अवस्था आएको हो।’ सुन बिक्री हुन छाडेपछि व्यवसाय धरापमा परेको शाहको भनाइ छ।

    नेपाल बैंकर्स संघका अनुसार बिक्री हुन छाडेपछि ६ सय २१ किलो ५ सय ग्राम सुन बैंकमा थन्किएको छ। यसले गर्दा बैकर्स संघले बैंकहरूलाई सुन ल्याउनका लागि सिफारिस दिन नै रोकेको छ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast