बुधबार, कार्तिक ६, २०७६
    ओएमजी Omg!

    घडीको विज्ञापन गर्दा सधैँ किन १०:१० बजाइन्छ ?

    बुधबार, १ असोज २०७६, आहाखबर

    काठमाडाैं, १ असाेज ।

    तपाइँले पत्रपत्रिका तथा अन्य ठाउँमा घडीकाे विज्ञापन गरेकाे देख्नु भएकै हाेला तर, घडिकाे त्यस विज्ञापनमा देखाइने घडीमा घण्टा र मिनेट सुई १० बजेर १० मिनेट गएको गरी मिलाइएको पनि धेरैलाई थाहा नै हाेला ।

    आखिर विज्ञापनको घडीमा किन १० बजेर १० मिनेट गएको देखाइन्छ त ? यस्ता छन् प्रमुख ५ कारण 

    -१० बजेर १० मिनेटमा घडीका सुईहरु एक सन्तुलित स्थानमा हुन्छन् । मनोवैज्ञानिकहरुका अनुसार मानिसहरु सन्तुलित चिजहरु नै हेर्न मन पराउँदछन् । त्यसैले घडीको विज्ञापनलाई मनोवैज्ञानिक रुपमा आकर्षक बनाउन यस्तो गरिएको हुनसक्छ ।

    - १० बजेर १० मिनेट जाँदा घडीका घण्टा र मिनेट सुईको अवस्थिति हेर्दा मान्छेको अनुहारमा मुस्कुराहट देखाउनका लागि बनाइने आकृति जस्तो बन्दछ । स्माइलीको आकृतिमा घडीलाई प्रस्तुत गर्न पनि यस्तो गरिएको होला ।

    - घडीमा १० बजेर १० मिनेटको समयमा सुईको अवस्थितिले भी आकार बनाउँदछ । भी भनेको विजय तथा जितको संकेत हो ।

    - १० बजेर १० मिनेटको अवस्थामा घडीका सुईहरुको जुन अवस्था हुन्छ त्यसले घडीको भित्री भागमा कुँदिएका ब्राण्ड नाम, कम्पनीको लोगो जस्ता चिजहरु छेक्दैन । त्यसैले पनि विज्ञापनमा कडीमा १०ः१० बजाइएको हुनसक्छ ।

    - कतिपय मानिसका अनुसार सबैभन्दा पहिले घडीको आविष्कार हुने बेलामा १० बजेर १० मिनेटको समय हुनसक्छ । त्यसैले उक्त समयलाई घडीको विज्ञापन चित्रमा पनि प्रयोग गरिएको हुनसक्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast