मंगलवार, कार्तिक ५, २०७६
    स्वास्थ्य

    फलभन्दा उपयोगी अम्बाको पात, यस्ता छन् फाइदा

    बुधबार, १ असोज २०७६, आहाखबर

    काठमाडौँ, १ असोज 

    अम्बा हाम्रो घर वरपर पाइने फल हो । यसको फलमा सबैको आँखा जान्छ तर पातलाई वास्ता गर्दैनन् । तर,  अचम्मको विषय त यो छ कि अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ ।

     

    यी हुन्, अम्बाको पातका फाइदा :

     

    अम्बाको पात खाँदा मुखको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्दछ ।

    तपाईं डन्डिफोरको समस्याबाट आजित हुनुहुन्छ भने अम्बाको पात पिसेर दल्न सक्नुहुनेछ । किनकि, अम्बाको पातमा डन्डिफोरलाई समेत निको पार्ने शक्ति हुन्छ ।

    यदि तपाईंमा मोटोपनको समस्या छ भने पनि अम्बाको पात प्रयोग गर्दा हुन्छ । अम्बाका पातले तौल घटाउने काम गर्छ ।

    अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजो सफा गर्ने काम गर्दछ ।

    अम्बाको पातको सुपले पाचन प्रणालीलाई पनि व्यवस्थित राख्ने काम गर्दछ ।

     अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा पुर्यािउँछ । यसले कपालको विकासमा सहयोग पुर्या्उँछ । यदि तपाईं कपाललाई लामो बनाउन वा छिटो हुर्काउन चाहनुहन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ ।

    अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ ।यसले दाँत, घाँटीको दुखाइलाई पनिनिको पार्दछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast