बुधबार, कार्तिक ६, २०७६
    स्वाद/परिकार

    घरमै यसरि बनाउन सकिन्छ सोनपापडी

    बुधबार, १ असोज २०७६, आहाखबर

    काठमाडौं, १ असोज । 

    सोनपापडी मैदा र बेसनको मिश्रणले बन्छ । सोनपापडी बनाउनको लागि जति बेसन लिइन्छ, त्यसको आधा मैदा लिनुपर्छ । सोनपापडी बनाउनको लागि घ्युको आवश्यकता पर्छ । यसमा तेलको प्रयोग गर्नु हुँदैन ।

    सोनपापडी बनाउन सुरु गर्दा एउटा भाँडोमा घ्यु तताउनुपर्छ । घ्यु राख्दा बेसन र मैदाको राम्रो मिश्रण हुनेजति धेरै घ्यु राख्नुपर्छ । 

    त्यसपछि त्यसमा बेसन र मैदा राख्नुपर्छ । 

    अब बेसन र मैदालाई राम्रोसंग चलाउँदै पकाउनुपर्छ । बेसनको रंग परिवर्तन नहुन्जेल पकाउनुपर्छ । बेसनको रंग परिवर्तन भएर उक्त मिश्रणबाट वासना आउन थालेपछि पाकेको मानिन्छ ।

    सोनपापडी बनाउनको लागि चास्नी अर्थात चिनी पानी बनाउनुपर्छ । चिनी पानी केही छिन उमालेपछि त्यसमा कागतीको रस राख्नुपर्छ । सोनपापडी मिठाइ रेसादार हुन्छ । चिनी पानीमा कागती राख्नुको उद्देश्य सोनपापडीलाई रेसादार बनाउनु हो ।

    चिनी पानीलाई अर्को सफा पानीमा राख्दा कडा भएर डल्लो पर्ने नहुन्जेलसम्म पकाउनुपर्छ । त्यसपछि पाकेको चिनी पानीलाई अघिको बेसन र मैदाको मिश्रणमा खनाउनुपर्छ ।

    सोनपापडीको रेसा बनाउनको लागि काँटा चम्चाको प्रयोग गर्नुपर्छ । अब काँटा चम्चाले चिनी पानी र मैदा तथा बेसनको मिश्रणलाई राम्रोसंग मिक्स गर्नुपर्छ ।

    त्यसपछि काँटा चम्चाले रेसा बनाउंदै खुकुलो बनाउनुपर्छ र एउटा भाँडोमा तेल लगाएर अलिकति हातमा लिंदै फ़ुकाउदै राख्नुपर्छ । अब त्यसलाई माथीबाट केही छिन मिलाएर सोनपापडीको आकारमा काटेर केही छिन छोड्नुपर्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast