बुधबार, असोज २९, २०७६
    धर्म-संस्कृति

    विभिन्न औजारका आविष्कारक विश्वकर्माको पूजा गरी आज विश्वकर्मा दिवस मनाईदै

    बुधबार, १ असोज २०७६, आहाखबर

    काठमाडाै‌, १ असोज । 

    आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदै छ ।

    आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा समेत गरिन्छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास रहेको छ ।

    एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा रहेको छ । विश्वकर्मा दिवसको अवसरमा बर्ष भरी कुनै अप्रिय घटना नहोस् भनी मेसिन तथा औजारहरुको पूजा गर्ने चलन रहेको छ ।

    आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

    देशका विभिन्न भागमा रहेका मजदुरहरुले ध्वजापाताले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मुर्ति वा तस्विरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast