शुक्रबार, जेष्ठ २३, २०७७
    आर्थिक खबर

    बढ्यो मलेसिया जाने कामदारको मेडिकल शुल्क

    बुधबार, १ असोज २०७६, आहाखबर

    काठमाडौं, १ असोज ।

    राेजगारका लागि मलेसिया जाने कामदारको मेडिकल शुल्क बढेको छ ।दुईदेशबीच भएको श्रम समझदारी अनुरुप नै मेडिकल शुल्क बढेको हो ।

    मेडिकलको सबै शुल्क भने मलेसियाली रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको छ । नेपालबाट मलेसिया जाने कामदारको मेडिकल परीक्षणबात अब ७ हजार ६६४ रुपैयाँ तिर्नुपर्नेछ । यसमा स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ सय छ भने मेडिकल प्रोसेसिङ चार्ज २ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

    नेपालस्थित मलेसियन दूतावासले यसमा मेडिकल प्रोसेसिङ चार्जमा १३ प्रतिशत भ्याटबात ३६४ रुपैयाँ थप हुनेछ । यो रकम परीक्षणका क्रममा कामदारले नै तिर्नेछन् । उनीहरु मलेसिया पुगेपछि रोजगारदाताले कामदारको पहिलो महिनाको तलव दिँदा भुक्तानी गर्ने समझदारीमा उल्लेख छ ।

    सरकारले कामदारको मृत्युदर घटाउन स्वास्थ्य परीक्षणमा मुटु लगायतको पनि जाँच गर्नुपर्ने भनेपछि शुल्क बढेको बताएको छ । तर, यो रकमको भार रोजगारदातालाई नै पर्ने भएकाले कामदारले यसबाट ठगिने अवस्था नआउने श्रम तथा रोजगार मन्त्रालयको भनाइ छ ।

    तर, रोजगारदाताले यस्तो रकम तलवबाटै घटाएर भुक्तानी गरे वा भुक्तानी नै नगरे कामदारले त्यहाँ ७६ सयरका लागि कानूनी लडाइँ नै लड्नुपर्ने अवस्था आउने देखिन्छ ।

    सरकारले १५ महिनापछि गत आइतबारबाट मलेसियाको रोजगारी खुला गरेको छ । अहिले मलेसिया जाने कामदारले पुरानै ३६ वटा स्वासथ्य संस्थाबाट मेडिकल गराउन सक्नेछन् । नोभेम्बरपछि मलेसियाले सरकारले प्रस्ताव गरेका ८६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेर तीनलाई पनि स्वास्थ्य परीक्षणमा सहभागी गराउने सहमति भएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast