बुधबार, कार्तिक ६, २०७६
    मुभी-थिएटर

    'कबड्डी कबड्डी कबड्डी'ले पायो सर्वाधिक शो, क्यूएफएक्समा मात्रै ६५ शाे

    बुधबार, १ असोज २०७६, आहाखबर

    काठमाडाैं, १ भदाै ।

    देशकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले 'कबड्डी कबड्डी कबड्डी'लाई  सर्वाधिक संख्यामा शो दिएको छ। दयाहाङ राई तथा उपासना सिंह ठकुरी स्टारर रोमान्टिक कमेडी फिल्म 'कबड्ड३' लाई क्यूएफएक्सले आफ्ना देशभरका ९ स्टेशनमा कुल ६५ शो दिएको हाे।

    जसमा काठमाडौंका ५ मल्टिप्लेक्समा ३८ शओ रहेको छ भने मोफसलमा २७ शो दिएको छ। क्यूएफएक्सको राजधानी बाहिर ५ मल्टिप्लेक्स रहेका छन्।

    'कबड्डी कबड्डी कबड्डी' रामबाबु गुरूङ निर्देशित 'कबड्डी'को तेश्रो सिक्वल हो।सिनेमाका दुबै सिक्वल सुपरहिट बनेका थिए। सिक्वलहरूको सफलताका कारण मल्टिप्लेक्सहरूले सिनेमालाई आफ्नो हलमा उच्च शो उपलब्ध गराएका हुन्।

    त्यस्तै दरबारमार्गमा रहेको क्यूज सिनेमाजले आफ्ना दुई पर्दामा ७ शो उपलब्ध गराएको छ भने कमलपोखरी स्थित ३ पर्दा भएको बिग मुभिजले शो तालिका सार्वजनिक गरेको छैन।

    त्यस्तै चावहिलमा रहेको एफ क्यूबले आफ्ना ३ पर्दामा ७ शो उपलब्ध गराएको छ।

    सिनेमाले पछिल्लो समय 'जात्रै जात्रा' पछि सुस्ताएको नेपाली वक्सअफिसमा उछाल ल्याउने अपेक्षा गरिएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast