बुधबार, कार्तिक ६, २०७६
    विज्ञान/प्रविधि

    तपाईंलाई माेवाइल ह्याक भएकाे शंका छ ? यसरी थाहा पाउनुस्

    बुधबार, १ असोज २०७६, आहाखबर

    काठमाडाैं, १ भदाै ।

    पछिल्लाे समय फेसबुक तथा फाेन ह्याक हुने समस्या बढ्दै गएकाे छ । कसैले हाम्राे फाेग ह्या गर्दा हाम्रा महत्वपूर्ण व्यक्तिगत सूचनाहरू लि हुन्छन् ।

    कतिपयले त आफ्नो फाेन ह्याक भएकाे नै थाहा पउन सक्दैनन् । यसले समाजमा धेरै अपराधहरू निन्त्याएकाे छ।

    यहाँ तपाईको फोन ह्याक भएनभएको थाहा पाउने यस्ता ७ तरिकाहरु रहेका छन्, जसमाः

    फोन स्पीडः यदि तपाईको फोन सामान्य भन्दा सामान्य रुपमा कम स्पीडमा चलिरहेको छ भने त्यो कुनै भाइरस वा मलीसियम खालको प्रोगामका कारणले हुने गर्दछ । मलीसियम यस्तो प्रोगाम हो, जसले फोनको पर्फमेन्स र प्रयोगकर्ताहरुलाई प्रत्यक्ष रुपमा नोक्सान पुर्याउने गर्दछ । जसले तपाईको फोन ह्याक हुने खतरा बढी हुन्छ ।

    फोन धेरै तात्नुः यदि तपाईको फोन धेरै नै तातिरहेको छ भने फोनमा कुनै मलीसियम एप्लिकेशन ब्याकग्राउण्ड चलिरहेको हुनसक्ने अमेरिकी इंल टेक्नोलोजीका विशेषज्ञले बताएका छन् ।

    ब्याट्री लाईफः फोन लगातार तात्नुको प्रत्यक्ष असर त्यसको ब्याट्ीमा पर्ने गर्दछ । जसका कारणले ब्याट्री लामो समयसम्म काम गर्दैन ।

    अज्ञात म्यासेजः कुनै समयमा तपाईको फोन ह्याक भएको खबर पहिले नै थाहा हुन्छ । कयौँ पटक तपाईको फोनमा म्यासेज आफेसआफ आउने गर्दछ वा तपाईको फोनबाट पनि आफै जाने गर्दछ । यस्तोमा तपाईको फोन ह्याक भएको भन्ने थाहा हुन्छ ।

    फोनमा कुनै विन्डो खुल्नुः कयौँ पटक यस्ता भाइरस पनि हुने गर्दछन् । कहिलेकाहीँ यो विज्ञापनको रुपमा वा कहिलेकाहीँ तपाईलाई नयाँ विन्डो वा ट्याबमा लैजाने गर्दछ । कम्प्युटरको भाषामा यसलाई पोप अप्स भनिन्छ ।

    नयाँ एपः तपाई आफ्नो फोनमा कहाँबाट कस्तो एप डाउनलोड गर्नुहुन्छ भन्ने कुरामा पनि निर्भर गर्ने गर्दछ । विशेषज्ञका अनुसार फोनलाई समय समयमा अपडेट राख्न जरुरी छ तर एप्स बनाउने कम्पनी र सेवा प्रदायक पनि विश्वासिलो हुन उत्तिकै जरुरी छ ।

    ब्याकग्राउण्डको आवाजः इन्टरनेटमा काम गरिरहेको बेलामा कयौँ पटक अनौठो खालको आवाज पनि आउने गर्दछ वा वेब पेजमा असामान्य र नराम्रा कुराहरु पनि देखिने गर्दछन् । यस्तो यसकारण पनि हुने गर्द कि, टाढा रहेर पनि ह्याकरले तपाईको डिभाइस कन्टेल गरिरहेको हुन्छ । जसले गर्दा तपाईको फोनले जे पायो त्यहीँ काम गरिरहेको हुन्छ ।

    समस्या समाधानका उपायः

    -फोनमा विश्वासिलो र राम्रो कम्पनीको एंटी भाइरस राख्ने,

    -आफूले इन्स्टल नगरेका एपहरु डिलिट गरिदिने,

    -फ्री वाईफाइका लागि हरेक ठाउँमा आफ्नो फोन कनेक्ट नगर्ने,-

    -फोनमा यस्तो पासवर्ड राख्नुहोस्, जुन कसैले पनि कल्पना गर्न नसकोस्,

    -डिभाइसलाई अपडेट राख्नुहोस् तर बुझेर मात्र,

    -इन्टरनेट डाटा कति समयमा कति खर्च भइरहेको छ भन्ने जाँचिरहनुहोस् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast