बुधबार, असोज २९, २०७६
    धर्म-संस्कृति

    भक्तपुरमा प्रसिद्ध परम्परागत मूपात्र जात्रा शुरु

    मंगलवार, ३१ भाद्र २०७६, आहाखबर

    भक्तपुर, ३१ भदौ

    इन्द्रजात्रापछि भक्तपुरमा निकालिने प्रसिद्ध परम्परागत मूपात्र जात्रा शुरु भएको छ । मूपात्रको पहिलो दिन तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रमा गराइने परम्परा रहेको छ ।

    जात्राका क्रममा मूपात्रलाई नगर परिक्रमा गराउँदा टोलटोलमा ठड्याइएको यम्वोद्योलाई मूपात्रले तीन पटक घुमेर तरबारले हान्ने गरिन्छ । अन्य जात्राभन्दा पृथक रुपमा मनाइने यो जात्राको छुट्टै राक्षस जात्राका रुपमा पनि मनाउने गरिन्छ । यो जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइने गरिन्छ ।

    जात्रामा मूपात्र प्रमुख राक्षस र धिःचा नामका अन्य दुई सहायक राक्षससहित तीन जनालाई राक्षसको भेषमा विभिन्न रङले सिङ्गारपटार गरेर तरबार समात्न लगाई भक्तपुर नगर पूरै परिक्रमा गराउने प्रचलन रहेको छ । मूपात्र जात्रा निस्कनुअघि सकुलान टोलका मानन्धरहरुले दत्तात्रयस्थित भीमसेन मन्दिरमा दुईवटा याँमता आकाश दीप बाल्ने गर्दछन् भने याँमता त्रिशूल आकारमा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast